बेनीमा भएको एक कार्यक्रमकाबीच जिल्ला फुटबल संघ म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । दिलिप बुढाथोकीको अध्यक्षमा भएको अध्यक्षमा भएको समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्ष विजय थापा चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा असल केसी, बिबेक हमाल, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमाल, सौगात गुरुङ र बिबेक राना निर्वाचित भएको सचिव कुमार बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले बादल आले र बिकेस शेरपुञ्जालाई सदस्यमा मनोनित गरेको छ ।
निर्वतमान कार्यबाहक अध्यक्ष श्यामकुमार कंडेलको अध्यक्षता, सचिव कुमार किसानको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बोल्लुभएको थियो ।