(भाद्र ८ गतेदेखि १४ गतेसम्मको राशिफल)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः ब्यवसायमा लाभ हुनेछ । आयमा वृद्धि हुनेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । मित्रबाट सहयोग पनि मिल्नेछ । मीठो खान पाइनेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
वृषः आफन्तहरुबाट सहयोग मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मनमा धेरै कुरा खेल्न सक्नेछन् । प्रेम प्रसङ्ग चल्नेछ । मित्र तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
मिथुनः मीठो खान पाइनेछ । बोलिको प्रभाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । कुरा काट्नेले ठाउँ पाउने छन् । यात्रा गर्नुपर्ने देखिन्छ । शुभ खबर प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । तपाईको यो साता शुभ रहनेछ ।
कर्कटः ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मित्र भेटले उत्साह बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
सिंहः बोलिको प्रभाव बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । यात्रामा निस्कनुपर्नेछ । आम्दानी बढेर जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । प्रेम प्रसंग चल्नेछ भने साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कन्याः यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । ब्यापारमा लाभ मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
तुलाः पुरानो धन फिर्ता आउनेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । पारिवारिक सहयोगले मिल्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । मन प्रसन्न रहनेछ भने साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।
वृश्चिकः विपरित लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । मीठो खान पाइनेछ । साताको शुरुतिर भने शत्रुहरुको उदय हुनेछ ।
धनुः प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । यात्रामा निस्कनुपर्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
मकरः मान्यजनहरुबाट सहयोग मिल्नेछ । मीठो भोजनको अवसर मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । बोलीको प्रभाव बढेर जानेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । आयमा वृद्धि हुनेछ । साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ ।
कुम्भः रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।
मीनः प्रेम प्रसङ्गले मन हर्षित रहला । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । ब्यापारमा लाभ हुनेछ । मित्रहरुको सहयोगले कामहरु बन्नेछन् । ब्यापार तथा जागीरमा लाभ हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
८ गते मङ्गलबार, रोपाईं जात्रा
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
९ गते बुधबार
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
१० गते बिहिबार
(उत्तर र पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
११ गते शुक्रबार, विरुढा पञ्चमी
(पूर्व तथा उत्तर दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
१२ गते शनिबार
(उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
१३ गते आइतबार, विश्व आणविक दिवस
(पूर्व तथा उत्तर दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
१४ गते सोमबार, कृष्णजन्माष्टमी, गौरापर्व
(दक्षिण दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।
बुलबुल साप्ताहिक समाचारपत्रबाट