१६ चैत २०७९, बिहिवार

“तीजको लखेटो” बजारमा आउँदै !


मोडल तथा लोक गायक ध्रुव जिसीको पछिल्लो कोशेली “तीजको लखेटो” यही श्रावण २१ गते बजारमा आउने भएको छ ।
दर्जनौँ गीतहरुमा आवाज दिएका म्याग्दीका कुशल गायक तथा मोडल जिसीको यस तीज गीतमा गाउँमा सुनिने र गुंजिने शब्द र लयहरुको सङ्कलन गरेर आफ्ना श्रोताहरुलाई फरक स्वाद दिन लागिएको हो । “यसपटक श्रोता तथा दर्शकहरुलाई फरक स्वाद पस्किने तयारी गरेको छु” भेटको क्रममा जिसीले भने । गायन, नृत्य, निर्देशन, मोडल लगायत सबै विधामा स्थानीय कलाकारहरुलाई स्थान दिएर बजारमा ल्याउन लागिएको उनको भनाई रहेको छ ।

जिसीकै शब्द र सङ्गीतमा तयार भएको यस तीजको कोशेलीमा जिसी, शक्ति छिनाल र रामु रिजालको साथमा मिलन विश्वकर्मा र शान्ता परियारको स्वर रहेको छ । सुनिल बानियाँ, ज्ञानुराना फगामीको साथमा दर्जनौ कलाकरहरुले नृत्य गरेको उक्त गीतमा भूपिन बानियाँको छायाङ्कन तथा निर्देशन रहेको “तीजको लखेटो” नामक यस गीत ध्रुव जिसीको युट्युव च्यानलबाट बजारमा आउँदैछ ।
तीजको समयमा विभिन्न किसिमका गीतहरु बजारमा आइरहेको बेला फरक खाले गीत पस्किएर तीजका गीतप्रेमीहरु कत्तिको रमाउने हुन् भन्ने जान्नका लागि श्रावण २१ गतेसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *