बेनी नगरपालिका-३, दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । आइतबार निरन्तरको वर्षापछि राति खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय जित रोकामगरको घर र गोठ बगाएको हो ।
बस्ति नजिकैबाट बग्ने दुधे खोलाले उघ्र रुप लिदा एउटा घर र घरको बस्तु बगाएको छ भने सिङ्गो गाउँ त्रसित र पीडामा छन् । बस्ती छेउहुँदै तल बगेर म्याग्दी खोलामा मिसिने दुधेखोलाले बगाएर ल्याएको डुङ्गा माटोको कारण थुनिएर दुधेखोलामा तलाउ जस्तो बनेको छ भने बाढीका कारण चुत्रेनीमा म्याग्दीखोला समेत केही थुनिएको छ ।
वर्षापछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राति एकबजेको समयमा खोलामा बाढी आएको हो ।
गतवर्ष यही दुधेखोला बस्तीका दुई बालक पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएर बेपत्ता भएका थिए ।
तस्विर: छवि आचार्य