१६ चैत २०७९, बिहिवार

नेकपा एकिकृत समाजवादी म्याग्दीको जिल्ला कमिटी घोषणा हुने !

अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो ।

वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भाषमा लगेर विघटन गर्न खोजेकाले आफूहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न विद्रोह गरेर क्रान्तिकारी पार्टी निर्माणको अभियान थाल्नुपरेको बताउनुभएको नेकपा एसका जिल्ला नेता कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।

अध्यक्ष कमरेडले म्याग्दीमा पार्टी निर्माणको अभियान तत्काल थाल्न निर्देशन दिनुभएको छ । विश्वकर्माले भन्नुभयो ‘अव हामी चाँढै पार्टी निर्माणको अभियानमा जुट्छौं । भदौं २६ गते जिल्ला भेला मार्फत जिल्ला कमिटि निर्माण गरेर पार्टी कार्यालय खोल्छौं ।’

म्याग्दीमा पनि हिजो सँगसँगै रहेका केही नेताहरुमा अवसरवादी र आत्मसर्मपण चरित्र देखिएको वैठकमा चर्चा भएको नेकपा एसका नेताहरुले बताएका छन् । हिजो ओली प्रवृत्ति विरुद्ध चर्को चर्को भाषण गर्नेहरुबाट नै आज राजनीतिक वेइमानी भएको वैठकमा कुरा उठेको ति नेताले बताए ।

पुराना र पाका कम्युनिष्ट नेताहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टीलाई साथ र सहयोग दिनुभएको उहाँको भनाई छ ।
वैठकमा केन्द्रिय सदस्य चुणामणी जंगली, विजय गुरुङ,नेकपा (एकिकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्य, म्याग्दी काठमाण्डौं सम्पर्क मञ्चका गोविन्द सुवेदी लगायतले म्याग्दीमा चाँढै पार्टी निर्माण अभियानमा जुट्नुपर्ने बताएको विकले बताउनुभयो । मिटिङमा ४० जनाको सहभागिता रहेको विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *