नेकपा एमालेबाट विभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् ।
संगठन विस्तार कार्यक्रम अन्तरगत शनिबार भएको भेलाले लाल बहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटि गठन गरेको हो । थापा यसअघि एमालेका जिल्ला सचिव रहेका थिए ।
भेलाले भूपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको छ ।
यस्तै शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित, सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचार्य, फडिन्द्र खड्का सहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी गठन गरेको संयोजक लालबहादुर थापाले बताए ।
तत्कालै जिल्ला भेला गर्ने गरी भेलाले पालिका, जनसंगठन, पेशागत संगठनका विभिन्न उपसमिति समेत गठन गरेको छ ।
जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।