२५ जेठ २०८०, बिहिवार

नेपाल मास्क अभियान शुरु !

कोरोना (भाइरस) को संक्रमण न्यूनीकरणका लागि बेनीमा नेपाल मास्क अभियान सुरु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बचाउँन मास्कको प्रयोग गराउन नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा सन्देशमुलक कार्यक्रम भएको हो ।
शनिवारदेखि सुरु भएको साताव्यापी कार्यक्रम अन्तरगत बेनी बजारमा र्‍याली, मास्क वितरण र घरदैलो कार्यक्रम गरिएको थियो । मास्क नलगाएकालाई सुरक्षित रूपमा मास्क लगाउन र फेरी फैलिन थालेको कोरोना भाइरसको संक्रमणबाट बच्न समेत अनुरोध गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिको चोकबाट सुरु भएको र्‍याली सहितको कार्यक्रम न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, गणेशटोल, कालीपुल, संगमचोक, बालमन्दिरचोक हुँदै पुन प्रशासन अगाडि गएर समापन गरिएको थियो । सो अभियानका क्रममा ५०० वटा मास्क बितरण गरिएको आयोजकले जनाएका छन् ।
 अभियानमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राई, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत सुरक्षाकर्मी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।अभियानका क्रममा साबुनपानीले नियमित हात धुने, भीडभाड नगर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *