१७ चैत २०७९, शुक्रवार

पर्वतकी महिलाको कुवेतमा मृत्यु !

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका-११, गैरीटोल घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट, २०२१ अर्थात मंगलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ ।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले दिएको जानकारी अनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको हो ।

राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिएको छ । ४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा काम गर्दै आएको दुतावासले जनाएको छ । दुतावासमा परिवारको मृत्यु प्रमाण पत्र भने आईसकेको छैन । पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृया लगायतमा सहजिकरणका लागि नेपाली राजदूताबासको सम्पर्कमा आउन आग्रह गरिएको छ । कुवेतको हटलाइन ००९६५-९८८६९१२१ मा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *