१६ चैत २०७९, बिहिवार

पर्वतमा निर्माणाधीन जिपलाइन दशैंसम्म सञ्चालनमा ल्याउने !

विश्वकै दोस्रो लामो भनेर दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आगामी दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ। सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा लि का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैंसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए ।

‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ । तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,’ उनले भने, ‘पर्वतमा एडभेन्चर टुरिजमको विकासका लागि यो जिपलाइन पनि महत्त्वपूर्ण हुने छ। जिपलाइनसहित एडभेन्चर खालका अरू कामहरू पनि हामीले गर्ने तयारी गरिरहेका छौं।’ जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए । यस्तै, ६ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्विमिङ पुल निर्माणको काम सक्ने उनको भनाइ छ ।
कालीगण्डकी नदीमा जेटस्कीको परीक्षण हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा • जेटस्की ९ वाटर बाइक० समेत सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टकहरु मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्त्व्य स्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताए ।
समुन्द्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकहरूलाई बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको पौड्यालले बताए । जेटस्कीको परीक्षण सफल भए कालीगण्डकी नदीको सतहमा मोटरसाइकलजस्तै • गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उनको भनाइ छ । अहिले वर्षा याम भएकाले नदीमा पानीको बहाव ठूलो भएका कारण पानीको मात्रा घट्दासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *