१५ चैत २०७९, बुधवार

“प्रवासमा चेली” बजारमा !

 हिन्दू नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुन थालेका छन् । यसैक्रममा ‘प्रवासमा चेली’ बोलको तीजको गीत सार्वजनिक भएको छ । प्रवासमा रहेका चेलीहरुको भावनालाई समेट्दै सार्वजनिक गरिएको यस गीतमा स्वर तथा लय अम्बिका भण्डारीले दिनुभएको छ। बिमला ढुंगाना निरौलाको शब्द रहेको यस तीज कोसेलीलाई साहिल गायकले एरेन्ज गर्नुभएको छ।

यस गीतको उत्पादन तथा वितरणको जिम्मा नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोले लिएको छ। प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले ‘प्रवासमा चेली’ बोलको गीत बजारमा ल्याएको निर्माण पक्षले बताएको छ। शिव राजा भुर्तेलद्वारा निर्देशन तथा सम्पादन गरिएको यस तीज कोशेलीमा करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्मा लगायतको नृत्य प्रस्तुत गरिएको छ भने छायांकन सुरेश भुर्तेलको रहेको छ ।

को हुन् गायिका भण्डारी ?

लोक संस्कृतिको जगेर्ना गर्दै आएकी कवयत्री एवम् गायिका अम्बिका भण्डारीका एक दर्जनभन्दा बढि तीज गीतहरु बजारमा आईसकेका छन्। त्यसैगरि पाँच ओटा साहित्यिक कृतिहरु समेत प्रकाशित गरेसकेकी भण्डारी सङघर्षशील नारी हस्ताक्षरक रुपमा चिनिन्छिन् । गायिका भण्डारी सप्तरङगी साहित्य समाज नेपाल गण्डकीको प्रदेशको अध्यक्ष समेत हुन् । नारी प्रतिभा वाङमय प्रतिष्ठानको उपाध्यक्ष र धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनी ऋिषिराम रानाभाट साहित्य पुरस्कार र लोक कवि अलिमियाँ प्रोत्साहन पुरस्कार समेत प्रप्त गरिसकेकी गायिका भण्डारीले ४० भन्दा बढि सम्मान प्राप्त गरेकी छन्।

को हुन् सर्जक निरौला ?
कवयत्री एवम सर्जक विमला ढुङगाना निराैलाका दस ओटा गीतहरु रेकर्ड भैसकेका छन् भने ६ साहित्यिक कृतिहरु समेत प्रकाशित भएका छन् । एक गीतिएल्वम् समेत बजारमा ल्याइसकेकी उनी बाल साहित्यमा कलम चलाउन रुचाउँछिन् ।
अन्तराष्ट्रीय नेपाली साहित्यिक समाजको केन्द्रीय सचिव रहेकी निरौला विभिन्न साहित्यिक तथा सामाजिक क्षेत्रमा समेत आवद्ध रहेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *