१२ मंसिर २०७९, सोमवार

बाँदर कहिल्यै बिरामी हुँदैन, भयो कि मर्छ !

सत्चिदानन्द शर्मा

 बाँदर कहिल्यै बिरामी हुँदैन, जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ । बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिञ्जद्वारा अत्यधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर बिरामी भएन । अत्यधिक कोलेस्ट्रोल दिइयो तर बाँदरलाई ह्रदयाघात भएन । बर्षौंसम्म बाँदरलाई बिरामी बनाउने बैज्ञानिकहरूको प्रयास असफल रह्यो । यसरी बाँदर किन बिमार हुँदैन त ? बैज्ञानिकहरूले लामो खोज पश्चात यसको रहश्य थाहा पाए, जुन कुरा आयुर्वेदका ज्ञाता बागभट्टले ३५ सय बर्ष अघि नै थाहा पाएका थिए । 
अझ धेरैलाई थाहा नहुन सक्छ, जब मानिस बिरामी हुन्छ डाक्टरले रगतको आरएच फ्याक्टर को विश्लेषण गर्छन् । बाँदरको रगतमा हुने आरएच फ्याक्टरको बराबर आरएच फ्याक्टर मानिसको रगतमा रहेमा उसको रगत सन्तुलित रहेको मानिन्छ । आखिर बाँदरको रगतको आरएच फ्याक्टर हमेशा सन्तुलित कसरी रहन्छ त ? बागभट्टले यसबारेमा मानिसलाई स्वस्थ रहनको लागि केहि सूत्रहरू लेखेका छन् । बागभट्टको यी सूत्रहरू र बाँदरको भोजन तालिका ठ्याक्कै मिल्छ । बाँदरले बिहान सूर्योदय पछि पेटभर खाना खान्छ । 
बाघभट्टका अनुसार–
१) हाम्रो शरीरका प्रत्येक अंगहरू कम र वेशी सक्रिय हुने निश्चित समय हुन्छ । जस्तोः पाचनक्रियाको लागि मुख्य अंग जठराग्नी सूर्योदय पछि बिहान ६ बजेदेखि साढे ९ बजेसम्म अत्यधिक सक्रिय हुन्छ र मुटु रातको २ बजे देखि ५ बजेसम्म अत्यधिक सक्रिय हुन्छ । त्यसैले अध्ययन अनुसार ९५ प्रतिशत हृदयघातको समस्या यही समयमा हुन्छ । मेरो अनुभवमा पनि अत्यधिक प्रेशर बढ्ने समय पनि यहि हो । हृदयघातले मृत्यु हुने अत्यधिक मानिसहरूको समय रातको २ बजे देखि ५ बजेसम्म छ ।
 
बागभट्ट भन्छन्, जठराग्नी अत्यधिक सक्रिय हुने र अग्नि पैदा गर्ने समय,  बिहान ६ बजे देखि साढे ९ बजेको समय भित्र बिहानको भोजन गर । स्वस्थ रहनको लागि खाएको भोजन पच्नुपर्छ । अत्यधिक रोगको मूल कारण खाएको भोजन पेटमा सड्नु हो ।
“भोजन पचे स्वस्थ, भोजन सढे रोग ।”
मध्यान्हमा जठराग्नी अलि कम सक्रिय हुन्छ भने साँझ त्यो भन्दा कम । अबेर रातमा लगभग निष्क्रिय हुन्छ । त्यसैले बागभट्टले भने मध्यान्हमा अलि कम भोजन गर र साँझ त्यो भन्दा पनि कम भोजन गर । जस्तो बिहान साढे ९ बजेभित्र ८ ओटा रोटि खान्छौ भने मध्यान्हमा ४ ओटा र साँझ २ ओटा मात्र ।
 
अबेर रातमा जठराग्नी लगभग निष्कृय हुन्छ त्यसैले अबेर रात भोजन गर्नु रोगलाई निम्ता दिनु हो । अबेर रातको भोजन पेटमा सडाउनु हो । जठराग्नीले जति भोजन पचाउन सक्ने गरि सक्रिय हुन्छ त्यही अनुसार भोजन गर । 
डाक्टरहरू भन्छन्, पेट खाली नराख टाइम टाइममा केहि न केहि खाइराख । यो शिक्षा पश्चिमाहरूको हो । युरोपमा अति ठण्डा हुन्छ । त्यहाँ –२० देखि –३० डिग्री शेल्सियस् सामान्य मानिन्छ जुन हामी यहाँ कल्पना गर्नै सक्दैनौ । त्यहाँ यसरी थोरै थोरै धेरैपटक खानु उचित हो तर यहाँ त्यसैको नक्कल गर्नु आत्मघाती हुन्छ । 
बागभट्टका प्रमुख दुइ ग्रन्थ छन्– “अष्टांग संग्रह” र “अष्टांग हृदय संहिता”; यी दुइ ग्रन्थ मार्फत उनले शरीर र स्वास्थ्य बिज्ञान सम्बन्धी ७००० सूत्रहरू  छन् । 
२)   ९० प्रतिशत भन्दा बढी रोग पेटबाट उत्पन्न हुन्छन् ।
३) पेटमा हुने बिकार सम्बन्धी लगभग १४८ किसिमको रोगहरू छन् । त्यसैले उनको सबैभन्दा ठूलो जोड शरीरको पाचनक्रियासँग सम्बन्धित छन् । 
अतः
४)  “भोजनान्ते विषम वारि”, अर्थात् भोजन लगत्तै पानी पिउनु विष बराबर छ किनकी हामीले खाने भोजनलाई जठराग्नीले पैदा गर्ने अग्नि वा तापले पचाउनु पर्छ । भोजनको साथमा वा भोजन लगत्तै पानी खाएमा यो अग्नि निभ्छ वा सेलाउँछ फलस्वरूप भोजन पच्दैन र सड्छ । जब भोजन सड्छ यो ग्याँस बन्छ, जब यो ग्याँस अत्यधिक हुन्छ तब यसले छाती, घाँटी, पेट लगायत सम्पूर्ण शरीरमा जलन पैदा गर्छ । सम्पूर्ण शरीरमा ग्याँस पैदा भएपछि यो ग्याँस टाउकोमा पुग्छ र टाउको दुख्छ । यो ग्याँस लामो समयसम्म रहेमा अल्सर, अम्लतादेखि क्यान्सरसम्म हुन्छ ।  
५)  खाना पेटमा सडेपछि यो कोलेस्ट्रोल बन्छ र यो कोलेस्ट्रोल रगतमा मिसिन्छ परिणामस्वरूप हृदय सम्बन्धि अनेक रोग लाग्छन् । अर्को कुरा शरीरमा भोजन पचुञ्जेल कोलेस्ट्रोल बन्ने सम्भावना हुँदैन र मुटु सम्बन्धि समस्या हुँदैन । त्यसैले बागभट्टले भोजन भन्दा २ घन्टा अघि, भोजनसँग वा भोजन गरेको २ घन्टाको अवधिमा पानी पिउन हुँदैन भनेका छन् किनभने भोजन अघि पानी लिएमा जठराग्नीले पैदा गर्ने अग्नि निभ्छ अनि खाएको भोजन पच्न पाउँदैन ।
अहिले हामी अंग्रेजको गुलाम बनेका छौं जसको जिउँदो प्रमाण  एलोपैथिक चिकित्साको दबदबा हो । यो पश्चिमा खानपान र जीवनशैलीको अन्धधुन्द नक्कल हो । हामी के बुझ्दैनौं भने एलोपैथिक चिकित्सा पश्चिमाहरूको लागि आवश्यकता र बाध्यता हो किनकी त्यहाँं आयुर्वेदिक जडिबुटीहरू फल्दैनन् । अत्यधिक चिसो छ त्यसैले उनिहरुको भिन्न किसिमको खानपान, जीवनशैली, लवाई खवाई र चिकित्सा पध्दति छ । त्यसैलाई हामीले अन्धधुन्द पछ्याउनु हदसम्मको मुर्खता  हो । मेरो दृष्टिमा यो त नीचता नै हो । नीचले अर्को नीचलाई नीचता देख्दैन रे गुलामले अर्को गुलामलाई गुलाम देख्दैन । 
आखिर हावापानी, मौसम, संस्कृति र परम्परा अनुसारको मौलिक राष्ट्रिय पोशाकको अपमान गरि जतिसुकै गर्मीमा पनि टाइ–सुट लगाएर प्रगतिशिल, क्रान्तिकारी, अग्रगमनको दूत र मुक्तिदाता भई महाउल्लु कथित शीर्ष नेता भै रजाईं गरेको र नेपाल यस्तै पटमूर्खहरूलाई आदर्श मानेर आफुलाई आधुनिक र देशभक्त ठान्ने लफङ्गाहरूको एक जमात भएको देश न पर्यो !  
आधुनिक मेडिकल साइन्समा प्लास्टिक सर्जरीलाई  अति आधुनिकतम प्रविधी मानिन्छ । जसमा शरीरको एक भागको अंग काटेर अर्को भागमा जोडिन्छ । आयुर्वेदमा प्लास्टिक सर्जरीको प्रयोग हजरौं वर्ष देखि भैरहेको यो  विद्या आयुर्वेदमा नौलो होइन तर २०० वर्ष अघिसम्म पश्चिममा यसको कल्पना पनि थिएन, आर्यावर्तका वैद्यहरू मार्फत सिकेका हुन् ।
उठान गर्न खोजेको विषय के हो भने, एलोपेथिक चिकित्सा पद्धती पश्चिमाहरूको लागि आवश्यकता र बाध्यता भएता पनि हाम्रो लागि होइन तर पनि केहि उपयोगि हुनसक्छ । हाम्रो छुट्टै किसिमको हावापानी, छुट्टै किसिमको शारीरिक विषेषता, छुट्टै किसिमको जैविक स्थिति छ । पश्चिमको पूर्णतः यो भन्दा अलग छ । पश्चिमाले चाहेर पनि आयुर्वेदको विकास गर्न सक्दैनन् किनकी त्यहाँको हावापानीमा आयुर्वेदको लागि चाहिने जडिबुटी तथा विरुवाहरू पैदा हुँदैन, उनिहरूको एकमात्र विकल्प विभिन्न रसायनको उपयोग हो । त्यसैले पश्चिमाहरूले एलोपेथिक पद्धतीको विकास गरे । अब उनिहरूले आफ्नो आवश्यकता, परिस्थिति, हावापानी अनुसार बाध्यतावश उपभोग गर्ने भोजन, चिकित्सा प्रणाली वा भेषभूषालाई भिन्न हावापानीमा जन्मेहुर्केका हामिले अन्धधुन्द नक्कल गर्नु मूर्खताको पराकाष्ठ हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *