१७ चैत २०७९, शुक्रवार

बाढी पहिरो पीडितलाई काङ्ग्रेसको सहयोग


नेपाली कांग्रेस म्याग्दीले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोबाट घरबार बिहिन भएका ७० घरपरिवारलाई आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिले पूर्व सहसभापति नेत्र बहादुर महतको संयोजकत्वमा उप समिति गठन गरेर जिल्लामा परेको विपतमा सहयोग गर्दै आएको छ ।
संयोजक महतका अनुसार बेनी नगरपालिका, मंगला गाउँपालिका र मालिका गाउँपालिकाका विभिन्न समयमा आएको बर्षा र बाढी पहिरोबाट घरबार बिहिन भएका ७० घरपरिवारलाई आर्थीक र खाद्यान्न सहयोग गरिएको हो । तीन स्थानीय तहका ७० परिवारलाई २ हजार पाँच सय नगद र खाद्यान्न सहयोग गरिएको उप समितिका कोषाध्यक्ष हिरा पुनले जानकारी दिनुभयो । पुनका अनुसार १ लाख ७५ हजार बारबारको सहयोग गरिएको छ ।
जिल्लामा पीडितलाई राहत वितरणमा प्रभावकारी र पीडितलाई केही भएपनि राहत मिलोस भनेर जिल्ला कार्यसमितिको बैठक बसेर उप समिति गठन गरिएको सभापति खमबहादुर गर्बुजा खम्बीरले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग गर्दा प्रभावकारी र निपक्ष बनाउन राहत वितरणको पुरै जिम्मेवारी उप समितिलाई दिईएको छ ।
कुनै पनि स्थानमा विपत भएको ठाउँमा नै पुगरे मुल्याङन गरेर सहयोग गर्ने गरिएको छ । रघुगंगा,अन्नपूर्ण र धौलागिरीमा पनी एक दुई दिनमा पुगेर राहत वितरण गरिने कोषाध्यक्ष पुनले बताउनुभयो ।
कांग्रेसले सञ्चालन गरेको यो अभियानमा जोडिन र सहयोग गर्न नेपाली काँग्रेस म्याग्दीले अपिल समेत गरेको छ । पहिलो चरणमा जिल्ला कार्यसमितिले नै दुई लाख भन्दा बढी आर्थिक संकलन गरेर कोषमा जम्मा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *