२५ जेठ २०८०, बिहिवार

बाढीपीडित कोषका लागि काङ्ग्रेसको सहयोग !


नेपाली कांग्रेस म्याग्दीले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमा शुक्रबार ९० हजार ७ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ । जिल्लाको विभिन्न स्थानहरुमा बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुको कारण विस्थापित भएका घरपरिवारलाई सहयोग प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कोषमा बेनी बजार स्थित बिभिन्न व्यवसायीहरुद्धारा उक्त रकम सहयोग प्रदान भएको हो ।


शुक्रबार अम्बिक श्रेष्ठ ११ हजार ५, लिला बानियाँ १० हजार , जिबन विश्वकर्मा १० हजार, चित्रमान छन्त्याल १० हजार , संगम ट्रेडस् १० हजार, चन्द्रप्रसाद श्रेष्ठ ५ हजार १ सय, तप्त बहादुर भण्डारी ५ हजार १ सय, माधव रेग्मी ५ हजार, खिमा पुर्जा ५ हजार, अञ्जित खान ५ हजार , भगवान बरुवाल ५ हजार, यजनलाल शाक्य ५ हजार, मिलन बानियाँ २ हजार, शारदा मल्ल १ हजार पाँच सय र शिव सुबेदी बाट १ हजार रुपैयाँ प्राप्त भएको विपद् व्यवस्थापन समितीका सदस्य मनकुमारी विश्वकर्माले बताउनु भयो । प्राप्त भएको सहयोग रकम जिल्लाको विभिन्न स्थानहरुमा प्राकृतिक प्रकोप तथा विपद्मा परेका म्याग्देलीहरुलाई प्रदान गरीने नेपाली काँग्रेस म्याग्दीका सभापती खम्मबहादुर गबुर्जा (खम्बिर) ले बताउनु भयो ।

कोषमा हाल सम्म विभिन्न दाताहरुबाट ४ लाख १६ हजार ३ सय १० रुपैयाँ संकलन भएको भएको र ३ लाख ३ हजार ६ रुपैयाँ बराबरको राहत वितरण गरीएको विपद् ब्यवस्थापन सिमतीका संयाेजक नेत्र महतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *