२० मंसिर २०७९, मंगलबार

बुद्ध विहार परिसरमा वृक्षरोपण !


मानविय तथा समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको लायन्स् क्लब अफ बेनी माहारानी क्लबले शनिवार बेनपा ७ स्थित बुद्ध विहार परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।


क्लब अध्यक्ष रेश्मा श्रेष्ठ शाक्यको अध्यक्षतामा सम्पन्न गरिएको उक्त बृक्षरोपण कार्यक्रम क्लबका पूर्व अध्यक्षहरु प्रमिला जोशी, रन्जिता शेरचन लगाएतका क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । क्लब मार्फत बुद्ध विहार परिसरमा २० वटा फूल, १५ वटा धूपी, १० वटा अम्वा र ५ वटा आँपका विरुवा रोपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *