५ चैत २०७९, आइतवार

ब्यवसायी तुलाचन मृत भेटिए !

कुश्मा बजार स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन बागलुङ नगरपालिका १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले दिएको जानकारी अनुसार मृतक तुलाचन दबल्याङ स्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । उक्त स्थान सह्रसधारबाट पारी पट्टिको हो । परिवार समेत आएको हुँदा मृतक व्यक्ति हिजो बिहान देखि हराइरहेका तुलाचनकै भएको पुष्टि बागलुङ प्रहरीले गरेको छ ।

तुलाचन आफैले लामो समयसम्म मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए । पछि चाहिँ होटेल अरूलाई नै भाडामा लगाएर फुर्सदिलो दिनहरू बिताइरहेका थिए । उनको स्वास्थ्य अवस्थामा केही समस्या रहेको थियो । उनी मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरू सँग लडिरहेका थिए ।

बिहीबार (हिजो) बिहान घरबाट निस्केपछि घण्टौँ बित्दा समेत घरमा नफर्किएपछि परिवारले खोज कार्यमा तीव्रता दिएको थियो । प्रहरी कार्यालयमा उजुरी दिएर खोजी दिन आग्रह गरेपछि प्रहरीले खोजी अभियान सुरु गरेको थियो । प्रहरी, परिवार र स्थानीयबासीहरु समेतले दिनभर खोजतलास गर्दा समेत तुलाचनको स्थित बारे पहिचान हुन सकेको थिएन ।

प्रहरीले बताए अनुसार तुलाचनको मोबाइल लोकेसन चाहिँ कुश्मा नगरपालिका १ पाङमा देखाएको र केही समयपछि मोबाइल स्विच अफ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *