१२ असार २०७९, आइतवार

भीरमुनी टोल सुधारले गर्‍यो सडक मर्मत !


बेनी नगरपालिका-५, भीरमुनीमा सडक मर्मत कार्य सम्पन्न भएको छ । गाउँलेहरुको सहयोगमा एकपाटे, सीमबाज, भीरमुनीको सडकखण्ड मर्मत गरिएको हो ।


वर्षाको समय भेलबाढीका कारण बाटो बिग्रेको र पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि सुनुवाई नभएपछि गाउँलेहरुको सहयोगमा उक्त बाटो मर्मत गरिएको टोल सुधार समितिका अध्यक्ष बीरबहादुर खत्रीले बताउँनु भयो । बाटो कमजोर भएपछि आवतजावतका लागि निकै समस्या भएको स्थानीय नवीन खत्रीको भनाई थियो । भीरमुनी टोल सुधार समितिको पहलमा स्थानीयहरुबाट ५००, १,०००, २,००० रुपैयाँको दरले सहयोग सङ्कलन गर्दा रु. ४०,००० जति आर्थिक सङ्कलन भएको र बाँकी श्रमदान गरि उक्त सडक मर्मत गरिएको हो ।


९० जनाभन्दा बढीको सक्रियतामा शनिबार गरिएको सडक मर्मतपछि भीरमुनी, डाँडाखेत, कमाल्डो, सेतढुङ्गा लगायतका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । यस टोल सुधारले यसभन्दा पहिलेपनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published.