सन्दिप शर्मा
निर्माण व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिंहले ठेक्का लिएको बेनी अस्पताल भवन अलपत्र परेको छ । ठेकेदार फरार भएपछि काम गर्न बसेका मजदुरहरु समेत अलपत्र परेका छन् । यसरी भवन तथा मजदुर समेत अलपत्र पार्ने ठेकेदार सिंह निमाणर् व्यवसायी महासंघका अध्यक्ष समेत हुन् ।अध्यक्ष सिंहले ठेक्का लिएको सो भवन हाल अलपत्र अवस्थामा रहेको छ भने पाँच महिनादेखि मजदुरहरुले तलव समेत पाएका छैनन् । ‘हामी ११ जना मजदुरहरुको काम गरेको पैसा कुल ७ लाख रुपैयाँभन्दा बढी ठेकेदारले पैसा दिएका छैनन्’ कञ्चनरुप नगरपालिका -५, सप्तरीका प्रितम शाहले भन्नुभयो । ‘पाँचमहिना यता काम पनि छैन, पैसा पनि पाएका छैनौँ । खाने बस्ने मात्रै भएको छ । आज हिसाब गरिदिन्छु, भोलि हिसाब गरिदिन्छु भन्दै झुलाएको पनि पाँच महिनाभन्दा बढी भयो । घर समेत जाने पैसा छैन, रासनको लागि महिनामा ३/४ हजार रुपैयाँ मात्रै दिएको छ । त्यो पनि हामीले नै काम गरेको पैसामा काट्ने गरि, साह्रै दुःख पायौँ’ रुन्चे स्वर बनाउँदै अर्का मज्दुर रविन्द्र शाहाले भने ।सुरुमा ९ लाखभन्दा बढी काम गरेको पैसा लिनु पर्ने थियो । पटक/पटक काम गरेको पैसा माग्यौं, नदिएपछि काममै छोडेर बस्यौँ तर पनि पैसा पाएनौँ । काम नगरी बसेपछि पुरानो हाम्रो पैसामा नै काट्ने गरि ४/५ हजार रुपैयाँ रासनाकालागि दिएको पैसा घटाउँदा पनि अझै ७ लाख रुपैयाँ भएको हो । नकाम न पैसा भएपछि उनीहरुको कमाइमा आश्रीत परिवार समेत धौधौं भएको छ । यसरी मजदुरलाई समेत काम गरेको पैसा नदिई झुलाई रहेका रविसिंहले अस्पताल भवन समेत समयमा पूरा गर्न सकेका छैनन् । उनको रफिना जेभी निमाणर् कम्पनी सहित महादेव खिम्ती र गल्वा काठमाडौंले २०७३ पुस २१ गते पाँच हजार ३ सय बर्गमिटर क्षेत्रफलमा अण्डरग्राउन्ड सहित तीनतले भवन निमाणर् कार्य २०७६ मंसिर २० मा सम्पन्न गरि अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । तीन ठेकेदार कम्पनीले कुल १८ करोड ९० लाख रुपैयाँमा भवन निमाणर् गर्ने ठेक्का लिएका थिए । लागत इष्टिमेट अनुसार २४ करोड ४ लाख २२ हजार लागत पर्ने अनुमान गरिए पनि टेण्डर प्रकृयामा जाँदा ठेकेदारले कम मूल्यमा निर्माण सम्पन्न गर्ने दावि गर्दै ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता गरेदेखि नै भवनको जुन स्पिडमा काम हुनु पर्ने हो त्यो स्पिडमा काम अगाडि बढ्न सकेन । भवन निमाणर् गरि सक्नुपर्ने बेलामा आधा समेत काम गर्न नसकेका ठेकेदारहरुले कोरोनाको कारण देखाउँदै गत बर्षको मंसिर २० गते ६ महिना २०७८ जेठ २० गते काम सम्पन्न गर्ने भनि म्याद थप गरे । म्याद थप गरेको केही समय काम गरे जस्तो गरे तर भवन निर्माण सम्पन्न हुन भने सकेन । जसको कारण भवन समेत अलपत्र बनेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नु भयो । ‘समयमा नै ठेकेदारले काम सम्पन्न नगर्दा म्याग्दी सहित छिमेकी जिल्ला पर्वतको उत्तरी भेग र बागलुङको केही ठाउँबाट आउने विरामीलाई भर्ना गरेर उपचार गर्न समेत धैंधौं भएको छ अध्यक्ष कटुवालले भन्नुभयो ।’ यसरी अस्पताल भवन अलपत्र पार्ने र काम गरेका मजदुरले समेत ज्याला नपाउँदा पनि सम्बन्धित निकाय भने बेखबर बनेको छ । पहुँच र पावरको भरमा मजदुर समेत ठगी गर्ने ठेकेदारलाई कस्तो खालको कारवाही हुन्छ हेर्न मात्रै बाँकी छ ।
(बुलबुल साप्ताहिक समाचारपत्रबाट)