१२ असार २०७९, आइतवार

मुस्ताङ गेष्ट हाउसका संचालक तुलाचन सम्पर्कविहिन !


मुस्ताङको घासा घर भइ हाल पर्वतको कुश्मा नगरपालिका-४ निवासी मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन हुनुभएको छ । बिहिवार विहान ६ बजे मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन रातिसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजिदिन आग्रह गर्नुभएको छ ।


परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पनि यसबारे जानकारी गराइसकेको छ । पर्वतको पाङ स्थित पिङ खेल्ने पुल सम्म परिवारको सम्पर्कमा रहनुभएका तुलाचन त्यसपछि भने मोबाइल स्वीच अफ भएको भान्जा गौचनले बताउनुभयो ।

सम्पर्कविहिन हुनुभएका अन्दाजी ६० देखि ६५ वर्ष उमेरका तुलाचनलाई देखे भेटेमा फोन नंं९८५७६३१५०३, ९८५७६३०२३१ र ९८४१००१३९८ मा सम्पर्क गर्न वा प्रहरी कार्यालयमा जानकारी गराउन उहाँका भान्जा मनोज गौचनले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.