४ चैत २०७९, शनिवार

म्याग्दीमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि !

म्याग्दीमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा बेनी नगरपालिकामा ८ जना र जलजला गाँउपालिकामा १ जना पिसिआर बिधिबाट र रघुगंगा गाँउपालिकामा १ जनामा एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३१६८ जना पुगेको छ। (पिसिआरबाट १९६९ जना र एन्टिजेनबाट ११९९)। जिल्लामा ९५जना सक्रिय संक्रमित हुनुहुन्छ । आज २६ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *