१७ चैत २०७९, शुक्रवार

यी हुन् एमालेबाट एकीकृत समाजवादीमा लागेका केन्द्रिय सदस्य र सांसदहरु !


नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता २९ जना संघीय सांसदले सनाखत गरेका छन्।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्। नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए। 

चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन्। उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए। यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन।
केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ। आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ। 
आयोगका प्रवक्ता श्रेष्ठले नयाँ पार्टी दर्ताको प्रमाणपत्र आजै दिन सकिने बताएका छन् ।

‘अब यति जनाको सनाखत भयो भन्ने विवरण आयोगलाई बुझाइन्छ, आजै प्रमाण पत्र दिन पनि सकिन्छ,’ श्रेष्ठले भने। 
सांसदहरुको सूची
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमाखड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. निरादेवी जैरु
८. प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०. सरला यादव
११. भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराभन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विशुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
राष्ट्रिय सभा
२३.बेदुराम भुसाल
२४.शेरबहादुर कुँवर
२५. ठगेन्द्रप्रकाश पुरी
२६. उदया शर्मा(पौड्याल)
२७. सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाइँ
२९. शान्तिकुमारी अधिकारी जिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *