२५ जेठ २०८०, बिहिवार

राजनीतिक प्रतिसोध साँध्न खोजियो : मल्ल

आफू जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्नका लागि यो अदालती प्रक्रिया अपनाइएको उनको भनाई छ

पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गरी कास्की अदालतमा पेस गर्न पोखरा अदालतले अनुरोध गरेको थियो ।उनले ठगी गरेको भनि आरोपहरु लगाइएको भए पनि त्यो ठगी नभई साथीको लागि बसिदिएको जमानी रहेको पाइएको छ ।गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा उनलाई पक्राउ गरी अदालतमा दाखिला गर्न भनिएको छ ।
वादी ध्रुव बहादुर थापा सँगको लेनदेनको विषयमा प्रतिवादी मल्ललाई लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी छ महिना कैदमा राख्नका लागि जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको छ ।यसबारेमा बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताए ।२०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाई छ ।‘किनेको मान्छेले तिर्न नसकेपछि कानुन अनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरीरहेको छु । धनी नबील बैङ्क पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रा.लि भन्ने छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो ।’ उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै धन जमानी बसेको हुँ । उसले गाडी चलाउन सकेन हात उठायो । हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यो बारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’उता हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष समेत रहेका मल्ल आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेका उनी जिल्लाको राजनीतिमा प्रभावशाली पनि मानिँदै आएका छन् ।आफू जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्नका लागि यो अदालती प्रक्रिया अपनाइएको उनको तर्क छ ।‘राजनीतिक रूपमा यो मुद्दा उठाइएको छ । पार्टीको सभापतिको बलियो दाबेदार आफू पनि रहेका कारण त्यसैलाई विफल पार्न खेलेको देखिन्छ । फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ’ उनले भने, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठुलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।’व्यावसायिक मान्छेले कारोबार गरिरहने तथा साथीका लागि जमानी बस्ने वा लगानी गर्ने काम पनि भएको हुने बताउँदै उनले तलमाथि भएको आफूलाई समयमा नै जानकारी दिइएको हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *