१५ चैत २०७९, बुधवार

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको वडा कमिटी गठन !



अमित विस्वकर्मा
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले संगठन बिस्तार अभियानलाई निरन्तरता दिएको छ । गत साउन २० गते सम्पन्न जिल्लाको पूर्ण बैठकको निणर्य अनुसार जिल्लाका पालिका तथा पालिकाभित्रका वडाहरुमा संगठन बिस्तार तथा सुदृढिकरण गर्ने अभियान अन्तर्गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा राष्ट्रिय युवा संघ नेपालको ५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।


कमिटीको अध्यक्षमा अमृत गर्बुजा, उपाध्यक्षमा सुजन परियार, सचिवमा गुन्जन खड्का, कोषाध्यक्षमा दीपा पुन र सहसचिवमा गोविन्द गर्बुजा रहनुभएको छ । त्यसैगरि वडाको इन्चार्जमा सफल खड्का, प्रचारप्रसार विभाग प्रमुखमा गुन्जन खड्कालाई चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका सचिव एवम संगठन विभाग प्रमुख शिशिर शाहीले बताउनुभयो । उहाँका अनुसार युथफोर्स गाउँ कमिटी अध्यक्षमा केशव खड्का र उपाध्यक्षमा सुरेन विश्वकर्मा, विनोद बरुवाल र राधेश्याम खड्का चयन हुनुभएको छ ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष खड्ग गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कमिटी सदस्यहरु मेखबहादुर खड्का, राजाराम बरुवाल, सृजना बरुवाल, कृष्ण गर्बुजा लगाएतको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका संयोजक सुरेश पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गुन्जन खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *