१७ चैत २०७९, शुक्रवार

विपद्का कारण तीनको मृत्यु !

सन्दिप शर्मा

हिमाली जिल्ला म्याग्दीमा गत बैशाख महिनादेखि यता मनुसुनका कारण आएको प्राकृतिक विपत्तिबाट तीन म्याग्देलीले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । जिल्लाको मंगला गाउँपालिकाका दुई र रघुगंगा गाउँपालिकाको एक जनाले विपद्को कारण ज्यान गुमाएका हुन् । 

साथै विपद्को कारण घाइते हुनेहरुमा बेनी नगरपालिकाकामा १, मंगला गाउँपालिकाका २, रघुगंगा गाउँपालिकाका १ र अन्नपूणर् गाउँपालिकाका ३ गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विपद्का कारण बेपत्ता भने यस वर्ष हालसम्म कोहीपनि भएका छैनन् । ९७४ वटा पशुचौपायको मृत्यु भएको छ । पाँच गाउँपालिका र एक नगरपालिका सहित ६ स्थानीय तह रहेको म्याग्दी जिल्लामा १२१ घर बाढीपहिरो तथा खोलाको कटानले गर्दा पूणर् रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक स्यामकुमार राईले बताउनु भयो । त्यसैगरी १३ घरमा आंशिक क्षति पुगेको छ भने १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा रहेका छन् । घरमा क्षति पुगेपछि जिल्लामा ६९४ महिला र ७१३ पुरुष गरी कुल १६३८ जनसंख्या घरबास विहिन बनेका छन् ।

त्यसैगरी पुशुचौपाय बाँध्नका लागि निमाणर् गरिएको २ वटा गोठमा पूणर् रुपमा क्षति पुगेको छ भने बाँकी २ वटा गोठमा आंशिक क्षति पुगेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । विपद्बाट विद्यालय भवनतर्फ बेनी नगरपालिका, मालिका गाउँपालिका र अन्नपूणर् गाउँपालिकामा रहेका एक/एक विद्यालय गरी तीन विद्यालय भवनमा क्षति पुर्‍याएको छ ।

गत वर्षभन्दा यस वर्ष जिल्लामा विपद्को कारण मानविय क्षतिमा भने कम भएको छ । गत वर्षको असार २५ र २६ गते मात्रै धवलागिरीकोे मराङ र मालिकाको विम लगाएतका अन्य स्थानमा आएको बाढी र पहिरोमा परी ३२ जनाले ज्यान गुमाएका थिए । तर यस वर्ष भने पानी परिरहेता पनि जिल्ला स्थित सम्वन्धित निकाय र स्थानीयहरुले उच्च सर्तकता अपनाको कारण हालसम्म मानविय क्षति कम भएको हो । 

भौगोलिक हिसाबमा कुल २,२९७ वर्ग की.मी. (२,२९,७०६ हे.) क्षेत्रफलमा फैलिएको म्याग्दी जिल्ला भौगोलिक स्थितिका हिसाबले ८३००८’ देखि ८३०५३’ पूर्वी देशान्तरसम्म र २८०२०’ देखि २८०४७’ उत्तरी अक्षांशसम्म फैलिएको छ । यस वर्ष जिल्लामा विपद्को कारण २ सय ९७ भन्दा बढी बर्ग की.मी क्षेत्रफलमा फौलिएको भु-भागमा क्षति पुगेको अनुमान रहेको छ । वर्षेनि विना योजना तथा भूगोलको अवस्थाका बारेमा अध्ययन नै नगरी सडक बाटो निमाणर् गर्दा जिल्लाको २० भन्दा बढी स्थानहरुमा रहेका बस्तीहरु कटान तथा पहिरोको जोखिममा परेका छन् । सदमुकाम बेनी सहित दोस्रो ठूलो बजारको रुपमा रहेको दरवाङ बजार, तातोपानी बजार, गलेश्वर, बावियाचौर, सिंगा, भुरुङ्ग-तातो पानी, दाना लगाएतका बजारी क्षेत्रहरु कालीगण्डकी र म्याग्दी नदीको कटानमा पर्दै आएका छन् । अलि ठूलो पानी पर्नासाथ जिल्लाको बेनी बजारदेखि पूर्वतिर रहेको गलेश्वर र पश्चिमी भेगतिर सडक अवरुद्ध हुन्छ । पानी पर्ना साथ पहिरो गएर सडक सहित पैदल मार्ग समेत अवरुद्ध हुन्छ । बर्खाको समयमा जिल्लाको करिब ७५ प्रतिशत मानिसहरुले विपद्को कारण सास्ती झेल्दै आउनु परेको छ । 

बुलबुल साप्ताहिक समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *