१३ मंसिर २०७९, मंगलबार

वीर अस्पतालभित्र झडप, ४ जना घाइते !


काठमाडौंको वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको बताइएको छ ।

झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको बताइएको छ ।
सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा गौतमलाई प्रमुख नियुक्त गरेपछि अस्पतालको सेवामा सुधार हुनुको सट्टा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *