२२ असार २०७९, बुधवार

शव जलाउने दाउराको मूल्य घट्यो !

बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा पर्ने मोदीवेनीमा सिण्डीकेट लगाई लास जलाउने दाउराको नाममा लुट मच्चाएको बिषयमा व्यापक गुनासो बढेपछि स्थानीय स्थानीय प्रशासन, कुश्मा नगरपालीका र सरोकारवालाहरुको पहलमा केही सुधारका निर्णयहरु भएका छन् ।

मोदीवेनी क्षेत्रको संरक्षण र व्यवस्थापनको लागि क्रियाशिल नृसिंह मन्दिर संरक्षण समितिको पौष २ गते बसेको बैठकले जिल्ला प्रशासनमा भएको सहमतिअनुसार प्रति केजी दाउराको मुल्य १५ रुपैंयाँ कायम गरेको समितिका उपाध्यक्ष खुमराज पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार दाउरा बिक्रि गर्दा राम्ररी सुकेको र लास जलााउन योग्य दाउरा हुनुपर्ने र अनिवार्य रुपमा जोखेर बेच्नुपर्ने छ ।
एउटा कुनै लास जलाउन २५० देखी ३५० केजीसम्म दाउरा लाग्ने अनुमान गरिन्छ । जसअनुसार ३,७५० रुपैयाँ देखी ५,२५० रुपैयाँसम्म लाग्ने गर्दछ । तर कुश्मा तर्फको घाटमा जलाउँदा प्रति लास दोव्वर मुल्य अर्थात ८ हजारको दरले असुल्दै आएका थिए ।

स्थानीयहरुले भने मुडिकुवा साईडमा जलाउँदा लिने गरेको प्रति लास ३५ सय देखी ४ हजारलाई नै कायम गर्नुपर्ने माग गर्दै आएका छन् । मोदीवेनीको पारि बागलुङ तर्फको घाटमा भने प्रति लास ३ हजार देखी ३ हजार ५ सय सम्म लिने गरेको बताइएको छ ।

यस अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मोदीवेनी छेउमा दाउरा र खाजा बेच्ने होटलहरुले पसल दर्ता गरी पान नं. अनिवार्य लिनुपर्ने र बिक्रि गरिने दाउरा र अन्य सामानको बिल अनिवार्य दिनुपर्ने, मन्दीर क्षेत्रमा मदिराजन्य बस्तुको बिक्रि निषेध गर्नुपर्ने, मृतकको अत्यत्येष्ठिमा गएकाहरुलाई सिण्डीकेट लगाउन नपाईने जस्ता कुराहरु तत्काल कार्यान्वय गर्न समितिलाई निर्देशन गरेको थियो ।
त्यसैगरी घाटमा जलाउने र गाड्ने लासको व्यवस्थापनको लागि समितिले ठाउँ तोक्ने व्यवस्था गर्ने । र दैनीक रुपमा मोदीवेनी क्षेत्रको सरसफाई गर्न समेत निर्देशन दिएको थियो । उपाध्यक्ष पराजुलीले उक्त क्षेत्रमा अझै सस्तोमा दाउरा उपलब्ध गराउन समिति लागि परेको बताउनुभएको छ । सोको लागि नयाँ बिक्रेताको समेत खोजी गरि मोदवेनीमा राखेर दाउरा बिक्रि गर्न लगाउन सकिने समितिले जनाएको छ ।
लास जलाउने दाउराको नाममा सिण्डीकेट लगाई चर्को लुट मच्चाए पछि अहिले कतिपय क्षेत्रवाट लास सँगै दाउरा लैजाने क्रम बढेको छ । मोदी गाउँपालीका ७ राम्जाका अध्यक्ष बसन्त गुरुङले गाउँवाट लास सँगै गाडिमा दाउरा समेत लैजाने थालनी गरेको बताउनुभयो ।
राम्जा जस्तै कुश्मा नगरपालिकाको खौला, पकुवा, पिपलटारी, कटुवाचौपारी र चुवाको साथै फलेवास नगरपालिकाको कार्कीनेटा, थापाठाना, शंकरपोखरी र मुडिकुवावाट पनि गाउँवाटै दाउरा लैजाने तयारी गर्दै गरेको बताईको छ । अहिले मोदीवेनी घाटसम्म यातायातका साधनहरु पुग्ने र प्राय लासहरु गाडीमा ल्याईने हुनाले पनि गाउँबाटै दाउरा लैजान सहज हुने राम्जाका नारायण गौतमले बताउनुभयो ।
मोदीवेनी क्षेत्रमा बर्षै देखी चलाउँदै आएको सिण्डीकेट, लुट र बिकृति बिरुद्ध आवाज उठाउदै सबैसाधारणलाई ठगिनवाट जोगाउनको साथै मोदीवेनीको संरक्षको साथै उक्त क्षेत्रको बिकृति रोक्नु सबैकोे साझा जिम्मेवारी भएको उपभोक्ता मञ्च पर्वतका सचिव भवानीप्रसाद शर्माले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.