५ चैत २०७९, आइतवार

शिक्षकहरुको रिले अनसन !



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग यसअघि विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् ।
देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई र स्थानीय तहमा शिक्षकहरु रिले अनसन बसेका हुन् । शिक्षा ऐन बनाउनुपर्ने, शिक्षकहरुको सेवा सुबिधा र पेसागत हकहितसँग सम्बन्धित बिषयमा यसअघि भएका सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउन आन्दोलनका कार्यक्रम अन्तरगत रिले अनसन आयोजना गरेको शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई, बेनी नगरपालिका, पर्वतको जलजला गाउँपालिका लगायतका स्थानीय तहहरुमा शिक्षकका साझा माग पुरा गराउन दवावका लागि रिले अनसन बसेका थिए । दश बजेदेखि सुरु भएको अनसन तीन बजेसम्म हुने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *