१६ चैत २०७९, बिहिवार

साँझ ५ बजेभन्दा अगाडि रक्सी बेच्न र सेवन गर्नमा पूर्ण रोक !

परिवर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालिका-६, डम्मरा क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्येक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा, लगाएतका अन्य फोहोरहरु संकलन गरि ब्यबस्थापन गरेका हुन् ।  

प्रत्येक पसल र घरघरमा पुगेर १८ वर्ष मुनिका बालबालिकालाई रक्सी, चुरोट जस्ता लागुपदार्थहरु किनबेच कार्य नगराउन सम्पूणर् अभिभावकलाई अनुरोध गरेको डम्मरा युवा क्लबका अध्यक्ष बिशाल खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीका अनुसार डम्मरामा साँझ ५ बजेभन्दा अगाडि रक्सी बेच्न र सेवन गर्नमा पूणर् रोक लगाइएको छ ।  साथै आफ्नो घर वरिपरिको वातावरण सफा राख्न र घरबाट निस्कने फोहोरलाई उचित ब्यबस्थापन गर्नका लागि पनि अनुरोध गरिएको छ । 

 क्लबले यस अघि कोरोना भाइरस नियन्त्रणका लागि डम्मराका बासिन्दालाई मास्क बितरण गरिसकेको छ । शैक्षिक गतिबिधि अन्तर्गत डम्मरामा पुस्तकालय स्थापना गर्ने लक्ष लिएको यस क्लबले स्वास्थ्य सम्बन्धि गतिविधिहरु निरन्तर गर्ने, सामाजिक र खेलकुद क्षेत्रमा युवाहरुलाई सक्रिय बनाइराख्ने र लागुपदार्थ दुब्र्यसनी नियन्त्रण र सामाजिक विभेद न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको क्लबका सचिव तेजिन क्षेत्रीले बताउनु भयो । 

त्यसैगरि डम्मरा घर भइ हाल जापानमा रहनुभएका दिपक केसीले रु १५ हजार बराबरको जर्सी क्लबलाई सहयोग प्रदान गर्नु भएको कोषाध्यक्ष सुरज खत्रीले जानकारी दिनुभयो । गत साउन २३ गते डम्मराका सम्पूणर् युवाहरु सहभागी भई बिशाल खत्रीको अध्यक्षतामा क्लब गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *