ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः मान्यजनहरुबाट सहयोग मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मित्र भेटले उत्साह बढ्नेछ । मीठो भोजनको अवसर मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । बोलीको प्रभाव बढेर जानेछ । साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ ।
वृषः रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुबाट सहयोग मिल्नेछ । आम्दानी बढेर जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।
मिथुनः प्रेम प्रसङ्गले मन हर्षित रहला । मित्रहरुको सहयोगले कामहरु बन्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । ब्यापार तथा जागीरमा लाभ हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
कर्कटः ब्यवसायमा लाभ हुनेछ । पारिवारिक सहयोग मिल्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । मीठो खान पाइनेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
सिंहः आफन्तहरुबाट सहयोग मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । मित्रको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
कन्याः मीठो खान पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । शुभ खबर प्राप्त हुनेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । पुरानो धन फिर्ता आउनेछ । यात्रामा निस्कनुपर्नेछ मन प्रसन्न रहनेछ । तपाईको यो साता शुभ रहनेछ ।
तुलाः ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको शुरुतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् भने स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिकः बोलिको प्रभाव बढ्नेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । कार्यमा सफलता मिल्नेछ । यात्रामा निस्कनुपर्नेछ । आम्दानी बढेर जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । प्रेम प्रसंग चल्नेछ भने साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
धनुः यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । छोटो दुरीको यात्रा सफल रहने छ । ब्यापारमा लाभ हुनेछ । कामको उचित मूल्याङ्कन हुनेछ । आयमा वृद्धि हुनेछ । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
मकरः पुरानो धन फिर्ता आउनेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । मित्रबाट सहयोग पनि मिल्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । मन प्रसन्न रहनेछ भने साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।
कुम्भः विपरित लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मनोरञ्जनको अवसर मिल्नेछ । मीठो खान पाइनेछ । साताको शुरुतिर भने मनमा धेरै कुरा खेल्न सक्नेछन् भने शत्रुहरुको उदय हुनेछ ।
मिनः प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । साताको मध्यतिर भने कुरा काट्नेले ठाउँ पाउने छन् । आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१५ गते मङ्गलबार, (पूर्व तथा दक्षिण दिशाको साइत शुभ)लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्मअमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्मशुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
१६ गते बुधबार(पूर्व दिशाको साइत शुभ)लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म साँझको ५-१७ देखि ७-१ बजेसम्मअमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्मशुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
१७ गते बिहिबार, अजा एकादशी ब्रत( पश्चिम दिशाको यात्रा शुभ)शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म साँझको ५-१७ देखि ७-१ बजेसम्मलाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्मअमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
१८ गते शुक्रबार(दक्षिण दिशाको यात्रा शुभ)लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्मअमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
१९ गते शनिबार(पश्चिम तथा उत्तर दिशाको यात्रा शुभ) शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्मलाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
२० गते आइतबार, मानव बेचविखन विरुद्धको दिवस(उत्तर दिशाको साइत शुभ)लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्मअमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
२१ गते सोमबार(उत्तर दिशाको साइत शुभ)अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म ःदिनको ५-१८ देखि ७-२ बजेसम्मशुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।