झुक्किएर अशुद्ध लेखिइरहेका केही नेपाली शब्दहरूको शुद्ध रूपचाहिँ यस्तो हुने रहेछ।
सुन्दरता वा सौन्दर्य हुन्छ, सौन्दर्यता हुँदैन।
कुशलता वा कौशल हुन्छ, कौशलता हुँदैन।
गम्भीरता वा गाम्भीर्य हुन्छ, गाम्भीर्यता हुँदैन।
मधुरता वा माधुर्य हुन्छ, माधुर्यता हुँदैन।
चतुरता वा चातुर्य हुन्छ, चातुर्यता हुँदैन।
धीरता वा धैर्य हुन्छ, धैर्यता हुँदैन।
प्रधानता वा प्राधान्य हुन्छ, प्राधान्यता हुँदैन।
बहुलता वा बाहुल्य हुन्छ, बाहुल्यता हुँदैन।
समर्थता वा सामर्थ्य हुन्छ, सामर्थ्यता हुँदैन।
अधिक वा आधिक्य हुन्छ, आधिक्यता हुँदैन।
समीपता वा सामीप्य हुन्छ, सामीप्यता हुँदैन।
निराशा वा नैराश्य हुन्छ, नैराश्यता हुँदैन।
दुर्बलता वा दौर्बल्य हुन्छ, दौर्बल्यता हुँदैन।
कुतूहल वा कौतूहल हुन्छ, कौतूहलता हुँदैन।
सुजनता वा सौजन्य हुन्छ, सौजन्यता हुँदैन।
पृथकता वा पार्थक्य हुन्छ, पार्थक्यता हुँदैन।
त्यसरी नै,
सदाशय लेखौं, सदाशयता हुँदैन।
इमानदारी हुन्छ, इमानदारिता हुँदैन।
जवाफदेही (accountable, accountability) हुन्छ, जवाफदेहिता हुँदैन।
अन्योल हुन्छ, अन्योलता ठीक होइन।
वैमनस्य हुन्छ, वैमनस्यता ठीक होइन।
आतिथ्य हुन्छ, आतिथ्यता हुँदैन।
तादात्म्य हुन्छ, तादात्म्यता हुँदैन।
निकटता वा सान्निध्य हुन्छ, सान्निध्यता हुँदैन।
आलस्य हुन्छ, आलस्यता हुँदैन।
औचित्य हुन्छ, औचित्यता ठीक होइन।
वात्सल्य हुन्छ, वात्सल्यता हुँदैन।
सामञ्जस्य हुन्छ, सामञ्जस्यता हुँदैन।
गौरव हुन्छ, गौरवता हुँदैन।
वैभव हुन्छ, वैभवता हुँदैन।
मतैक्य हुन्छ, मतैक्यता हुँदैन।
लालित्य हुन्छ, लालित्यता हुँदैन।