१२ असार २०७९, आइतवार

२०७८ भाद्र महिनाको राशिफल !


संक्रान्ति १५ मुहूर्तको भएकोले धान्यार्घ वृष्टिका लागि यस महिना अशुभ छ । संक्रान्ति ज्येष्ठा नक्षत्र भएकोले निन्दित काम गर्नेलाई सुख हुनेछ । संक्रान्ति मंगलवार भएकोले चोरी तस्करी गर्नेहरू लाभान्वित हुनेछन् । धनु लग्न र सिंह राशिमा रहेको ग्रह गोचर र यस महिनामा हुने सूर्य र शनिको षडाष्टक योगले पश्चिम उत्तरी देशमा हिंसा बढ्नेछ भने पूर्वी क्षेत्रमा आगजनी हड्ताल हुने योग छ। आतंककारी घटनामा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रबाट देशलाई लाभ हुनेछ । यातायात सम्बन्धी नयाँ नियम आउन सक्छ । श्रावण.शु. चन्द्रोदय ३० मु. भएकोले खाद्यपदार्थको मूल्यमा सम रहनेछ ।
मासको अवस्था सर्वसाधारणका लागि सामान्यतः मध्यमजस्तो मात्र छ । मंगलवारको सूर्यसंक्रमण र मंगलवारको औंशीले सामान्य जनमानसमा तनावको कारक, प्रतिकूल मौसमी अवस्था, दैनिक उपभोग्य वस्तुहरूमा केही अस्तव्यस्तता आदि देखिन्छ। यान दुर्घटना, बाढीपहिरोको प्रकोप र धनजनको क्षतिको सामना गर्नुपर्ने होला, क्रूरशासनको भार भोग्नुपर्ला। मुद्रा विनिमय र सुवर्णमा घटाबढी हुनेछ, सेयर बजार स्थिर रहला। देशको पश्चिमी क्षेत्रमा खाद्यान्नको संकट रहने देखिन्छ। पहिरो, अतिवृष्टि, खण्डवृष्टिको आभास भए पनि पुंस्त्री योगबाट मासको पहिलोभागमा उचित वर्षा होला । शेयर बजारमा तेजीबाट मन्दीतर्फ लाग्नेछ । दाल चामल तेजी गुलियो पदार्थमा मन्दी, रसायन औषधिमा तेजी, मादक पदार्थ, सुनचाँदी तेजीको योग छ ।

मासको दानः यस मासमा खीर, शख्खर आदिको दान गर्दा राम्रो हुनेछ ।
मौसम परिवर्तन योग १, २, ३९, १५, २० र २२ गते । अफ्ट्यारा दिन १, २. ६, ९, १२, १५, १८, २२, २३, २७ र ३० गते रहेको छ ।

ज्योतिष अनुसन्धान केन्द्र

क्याम्पसचोक, बेनी मयाग्दी

सम्पर्क: ९८४७१३८७०६

Leave a Reply

Your email address will not be published.