रोजगारीको लागि २० वर्ष अगाडि मलेसिया आएका अर्मन ४ म्याग्दी धारापानीका सूर्यवहादुर केसीको खोजी गरिदिन परिवारले मलेसियामा रहेका सवैलाई अनुरोध गरेका छन् । परिवारले माया मारे जस्तै भएका सुर्य पाच वर्ष अगाडि अगष्ट महिनामा कोतारायको पुडुमा देखिएका थिए । त्यहाँ रहेका एक सेक्युरिटिले उनीसँगै फोटो खिचाएर फेसवुकमा हालेपछि अझ थप खोजी भएको थियो ।
त्यतिवेला ती सेक्युरिटिले लेखेका थिए । ‘उनी सूर्य केसी रहेछन्, घर म्याग्दीमात्र भन्छन्न, ठेगाना थाहा रहेनछ । यदि कोही चिन्नुहुन्छ भने सहयोग गरिदिनुहोला’ । फोटो सेयर हुनासाथ कोरातायमा भएकाहरु त्यसठाउँमा पुगेका थिए तर सूर्य त्यहाँवाट हिँडिसकेका रहेछन् । त्यसपछि उनी कता गए आजसम्म कुनै पत्ता लाग्न सकेको छैन । “मलेसियामा धेरैठाउँमा खोजियो पत्ता लाग्न सकेको छैन, त्यैपनि खोज्ने क्रम जारी राखेका छौं” एनआरएनएका आईसिसि सदस्य समेत रहेका नेत्रकेसीले टेलिफोनमा भने’ । टेलिफोनमा नेत्रले भने-“जो कोहिले पनि सूर्यजीको वारेमा खवर दिनेलाई उचित पुरस्कार दिनेछु ।”
केसी ५८ सालको फागुनमा मलेसिया गएको परिवारले वताएका छन्। त्यो वेला मलेसिया आउँदा आजजस्तो श्रमहरु रेकर्डपनि नहुने भएकाले खोजी गर्न समस्या भएको आफन्तले बताए ।