२२ असार २०७९, बुधवार

६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण !

प्रताप बानियाँ

संरक्षक म्याग्दीले जिल्लाका ६५ जना बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । हालै आएको बाढीपहिरोबाट प्रभावितलाई संस्थाको सिफारिसमा विपद् व्यवस्थापन केन्द्र काठमाडौंको सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको हो ।

  म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न वडाका १६ जना बाढीपहिरो प्रभावित तथा पीडित र बेनी नगरपालिकाको विभिन्न वडाका ४९ जना पीडितहरुलाई राहत वितरण गरिएको संरक्षक म्याग्दीले जनाएको छ । उनीहरुलाई दाल, चामल, तेल, चिनी, चियापत्ती, नुन, आटालगायत खाद्यान्न सामग्री राहतस्वरुप वितरण गरिएको थियो । 

यसैगरी बाढीपहिरो पीडितलाई आढ्ने र ओछ्याउनका लागि सिरक, म्याटे्रस र सिरानी तथा खाना पकाउने भाँडा कराई, डेप्ची, थाल र डाडुपन्यु वितरण गरिएको संरक्षक म्याग्दीको अध्यक्ष निशा महत जिसीले जानकारी दिनुभयो । संस्थाले १ सय २५ जना पीडितलाई सिफारिस गरेकोमा विपद् व्यवस्थापन केन्द्रले ५२ जनालाई पठाएको राहत बाँडेर ६५ जनालाई वितरण गरिएको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published.