१७ असार २०७९, शुक्रवार

६ जना जुवाडे पक्राउ !



पर्वत जिल्लाको मोदी गाउँपालिका वडा न २ देउपुर स्थित पातिचौर बजारबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवा, तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ परेकाहरुबाट नगद ७५ हजार ७ सय २० रुपैंया बरामद भएको छ । पातिचौर बजारमा महेश कुमार शर्मा नाम गरेका ब्यक्तिको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका वडा न २ बस्ने ३८ बर्षका टेकबहादुर पुर्जा, सोहि ठाउँका ५० बर्षका थामबहादुर विश्वकर्मा, ४८ बर्षका कुलबहादुर हमाल, ४० बर्षका लेखबहादुर मल्ल, ७३ बर्षका रामचन्द्र शर्मा र मोजी ५ बाजुङका ५५ बर्षिय दुर्गाबहादुर पौडेल रहेका छन् ।


पक्राउ परेकाहरुलाई प्रहरीले जुवास तास खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेका उनीहरुलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न म्याद थप गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले गोप्य सुचनाका आधारमा उक्त स्थानमा छापा मार्दा उनीहरुले जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published.