१७ चैत २०७९, शुक्रवार

आज देशभर रक्षाबन्धन मनाइँदै !

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज तराई मधेशसहित देशभर धुमधामसित मनइँदै छ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।

यस पर्वमा दिदीबहिनीहरुले दाजुभाइलाई फलफूल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दीर्घायुको कामना गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् ।

दाजुभाइहरुले पनि दिदीबहिनीको जीवनमा आइपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् । रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजुभाइ आफैं जाने गर्छन् ।

दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाइ मानेर राखी बाध्ने गर्छन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहि आएको छ ।

पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वर्षमा सरकारले आजको बिदा कटौती गरेको थियो। तर, जनस्तरबाट व्यापक विरोध भएपछि यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *