नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार निर्वाचित भएका छन् ।
अनेरास्ववियु क्रान्तिकारी पर्वतको कुश्मामा हालै समपन्न २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो भर्च्युल बैठक समपन्न भई सांगठानिक कार्य योजना निर्माण गरिएकोे अध्यक्ष परियारले वताए । उनले अव विद्यार्थीहरुको हकहित र अधिकारको साथै वैज्ञानिक र ब्यवहारिक शिक्षा नीतिका लागि आफुले संघर्ष गर्ने योजना बनाएको सुनाए ।
जलजला गाउँपालिका-७ धाइरिङ सल्यानका परियार विधार्थी राजनीतिका सार्थ सामाजिक कार्यमा पनि सक्रिय छन् ।
उनले समाजको विभिन्न पदमा रहेर विपद ब्यवस्थापन, युवा क्लवको नेतृत्व, विकासको काम, कोरोना भाईरसको नियन्त्रण लगायतमा उदाहरणीय काम गरेका थिए ।
विधार्थी राजनीतिमा लाग्नु अगाडि उनले गण्डकी प्रदेशको लोकप्रिय पत्रिका ढोरपाटन दैनिकमा समेत काम गरेका थिए । उनी पत्रकार महासंघको सदस्य पनि हुन् ।