२५ जेठ २०८०, बिहिवार

अनाथ आश्रमलाई सरसफाइ तथा स्वास्थ सामाग्री वितरण !


कामना बिकास बैंकले एक आश्रमलाई सरसफाइ तथा स्वास्थ सामाग्री वितरण गरेको छ । कामना सेवा बिकास बैंक कोटिहवा शाखा र भैरहवा शाखाको सयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका-१५ अवस्थित नेपाल अभिनाश अनाथ आश्रमलाई सरसफाइ तथा स्वास्थ सामाग्री बितरण गरिएको हो ।

समाजमा बसेपछि दीन दुखीहरुको सेवामा लाग्नु आफ्नो उत्तरदायित्व रहेकाले आश्रममा स्वास्थ्य सामाग्री वितरण गरिएको कोटिहवा शाखा प्रमुख बिष्णुप्रसाद अधिकारीले जानकारी दिनु भयो।

बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ग्राहक सेवासँगसंगै सामाजिक सेवा गर्नुपर्छ भन्ने उद्देश्यका साथ बैंकले उक्त सामाग्री वितरण गरेको हो । सामाग्री वितरण आश्रममा आश्रीत र कामना सेवा बिकास बैंक भैरहवा र कोटिहवाका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *