किशोर मनस्वी
यहाँ कसैले जित्याैँ भन्दा अन्यथा मान्नुपर्ने
काेही पटकपटक हार्दा समेत विजेता मान्नुपर्ने ।
झुठकाे खेती किन साह्रै माैलाएकाे छ कुन्नी
अचेल सत्यवादीहरु सबैलाई अर्गेला मान्नुपर्ने ।
अचम्म छ यार, जवरजस्त बलजफत् नै
यी देश बेचुवाहरुलाई आमाबा मान्नूपर्ने ।
हामीले आफ्नाे पहिचान खाेज्दा गवाँर भइने
फेरि उनैकाे हामी शासकीय भाषा मान्नूपर्ने ।
जब कुनै प्रकाेपले आक्रान्त पारेकाे बेला यता
आमा बेच्ने र भूमि लुट्नेलाई नेता मान्नूपर्ने ।
पर्वत