२५ जेठ २०८०, बिहिवार

एकीकृत समाजवादीको पर्वत संयोजकमा मोती पौडेल !


नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन्। बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो।
१५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिव भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो।
भेलामा बोल्दै नेकपा एसका केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको घमण्ड र हठका कारण एमालेमा विद्रोह गरि नयाँ पार्टी बनाउनु परेको बताए।
उनले एमाले व्यक्तिबाट चल्न थालेकाले कम्यूनिष्ट बन्न नसक्ने बताउँदै क्रान्तिकारी एमालेहरु एकिकृत समाजवादीमा समाहित हुने दावी गरे।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य बिजय गुरुङले एकल र व्यक्तिवादका विरुद्धको बिद्रोह भएकाले क्रान्तिकारीहरुलाई यही पार्टीमा गोलबद्ध हुन आव्हान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *