८ जेठ २०८०, सोमवार

एकीकृत समाजवादीको म्याग्दी जिल्ला कमिटी गठन हुने !

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को म्याग्दी जिल्ला कमिटी घोषणा हुने भएको छ । भाद्र ३० गते बुधवारको दिन विरेन्द्र चोकमा अवस्थित गोर्खा भूपू सैनिक होटलको सभाहलमा वृहत रुपमा कार्यकर्ताहरु भेला गरेर जिल्ला कमिटी घोषणा गर्न लागिएको हो । 

भेलालाई तत्कालिन एमालेका पूर्व राज्यमन्त्री, पूर्व जिल्ला अध्यक्ष तथा हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामजी शर्मा लगायत अन्य केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सम्वोधन गर्नेछन् । तत्कालिन एमालेका जिल्लाका पूराना तथा बैचारिक ब्यक्ति रामप्रसाद सुवेदी र अमर बानियाँ मध्ये एक जनाको अध्यक्षतामा म्याग्दी जिल्ला कमिटी घोषणा गर्न लागिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दुईपटक संसद विघटन गरेपछि उत्पन्न विवाद र त्यसको समाधान गर्न नसक्दा नेकपा एमाले फुटेर एकीकृत समाजवादी बन्न पुगेको हो । तत्कालिन एमालेबाट जिल्लाका तीन जनप्रतिनिधिहरुले एकीकृत समाजवादीलाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *