एकीकृत समाजवादी पार्टी म्याग्दीलाई आर्थिक सहयोग प्राप्त भएको छ । मङ्गला गाउँपालिका म्याग्दी निवासी रामचन्द्र आचार्यले पार्टीलाई रु एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) म्याग्दीको कमिटी गठन पश्चात कार्यालय व्यवस्थापनको लागि भनेर आचार्यले आर्थिक सहयोग गर्नुभएको पार्टी अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनु भयो । नवगठित पार्टीलाई देश तथा बिदेशबाट सहयोग प्राप्त हुने क्रम पनि जारी रहेको अध्यक्ष बिश्वकर्माको भनाई रहेको छ ।
रोजगारीको सिलसिलामा हाल कोरियामा रहनुभएका आचार्य दुई दशक अनवरत रुपमा तत्कालीन पार्टी एमालेमा रहेर आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुभएको थियो भने उहाँ हाल नवगठित नेकपा एकीकृत समजवादीमा आवद्ध हुनुहुन्छ ।