८ जेठ २०८०, सोमवार

खोलाले बगाउँदा पैदलयात्रु बेपत्ता !


म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले
एक जनालाई बगाएर बेपत्ता बनाएको छ । रघुगंगा गाउँपालिकाको भगवति देखि तिप्ल्याङ तर्फ जादै गरेका एक जना
बृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले शनिबार अपराहन्न खोलाले बगाएका ती ब्यक्तिको परिचय नखुलेको र अझै नभेटिएको बताउनुभयो ।


“भारी बोकेर खोला तर्दै गरेका पुरुषलाई खोलाले बगाएर कालीगण्डकीमा मिसाएको प्रत्यक्षदर्शी स्थानीयबासीबाट सूचना आएपछि खोजी गरिरहेका छौ,”उहाँले भन्नुभयो “ति ब्यक्तिको पहिचान खुल्न सकेको छैन् ।”
स्थानीयबासीका अनुसार शुक्रबार पनि बेगखोलाको बाढीले खोला तर्ने क्रममा बगाएका एक पैदलयात्रुलाई उद्धार गरिएको थियो । राष्ट्रिय गौरबकोकालीगण्डकी कोरीडोर अन्तरगत बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका टकबहादुर पुनले बताउनुभयो ।
२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहितबेगखोलामा ११ वटा घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल रझोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गनेर्नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ ।
कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा रठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीकोदोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममाकेही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *