१७ असार २०७९, शुक्रवार

विष्णु तिमिल्सिना

हारेर नि जिते जस्तो गर्नुपर्छ कहिलेकाहीँ
जिएर नि भित्रभित्रै मर्नुपर्छ कहिलेकाहीँ ।

मौनतामा धेरै अर्थ खाँदिएर बस्न सक्छन्
धक्का खाई माथिबाट झर्नुपर्छ कहिलेकाहीँ ।

मत्स्य न्याय हुन्छ कतै मर्छ न्याय आफैं कतै
मर्छ सत्य अन्यायमा पर्नुपर्छ कहिलेकाहीँ ।

कहाँ हुन्छ अंगारको छाँया सेतो चाँदी जस्तै
बिना गल्ती अपराधी दर्नुपर्छ कहिलेकाहीँ ।

स्वाभिमान गुम्नुहुन्न अस्तित्वको लडाइँमा
जबर्जस्ती मण्डपमा बर्नुपर्छ कहिलेकाहीँ ।

पोखरा

Leave a Reply

Your email address will not be published.