बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् ।
बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका–३ का वडा अध्यक्ष यामबहादुर श्रीष र ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरि घर्तिले नेकपा एसमा सनाखत गरेको निर्वाचन कार्यालय बागलुङमा तथ्यांक छ ।
मंगलबार निर्वाचन आयोगले तोकेको अन्तिम समयसम्ममा उनीहरु जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेको निर्वाचन अधिकारी ओमनारायण शर्माले बताए ।
बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सीता थापा, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य यामु बिकले एकीकृत समाजवादीमा सनाखत गरे । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल सनाखत गर्ने जिल्लामा एकमात्रै वडा सदस्य बने ।
मुस्ताङमा एक जना
हिमालपारीको जिल्ला मुस्ताङमा एक जना जनप्रतिनिधि मात्रै नेकपा (एस) मा सनाखत गरेका छन् । जिल्ला समन्वय समिति मुस्ताङकी सदस्य दुर्गा देवी रसाईलीले सनाखत गरेकी हुन् । उनी मात्रै सनाखतका लागि निर्वाचन कार्यालय आएको जिल्ला निर्वाचन अधिकारी सुशिला पौडेल दाहलले बताइन् ।
कास्कीमा ४ जना
कास्कीमा ४ जना जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक एक जना, माछापुच्छ«े गाउँपालिकाका २ जना छन् । ४ स्थानीय तह भएको कास्कीमा पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकमा भने नेकपा एस शून्य रहेको छ ।
रुपा गाउँपालिकाबाट एकजना जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । नेकपा एसमा सनाखत गर्नेमा रुपा ५ का वडा सदस्य दामोदर घिमिरे छन् । उनले २० गते दल परिवर्तन सनाखत गरेका थिए ।
मादी गाउँपालिका ११ का रणबहादुर लामाले पनि नेकपा एक रोजेका छन् । उनी मादीको कार्यपालिका सदस्य हुन् । त्यस्तै, माछापुच्छ«े गाउँपालिकामा २ जनाले नेकपा एसमा सनाखत गरेका छन् । सनाखत गर्नेमा ७ का वडासदस्य बाबुराम भण्डारी र माछापुच्छ«े ८ का लालबहादुर परियार छन् । उनी कार्यपालिका समदस्य हुन् । यी ३ जनाले दल परिवर्तनका लागि छुट्याइएको अन्तिम दिन मंगलबार सनाखत गरेका हुन् ।
तनहुँका १३ जना
तनहुँमा १३ जना जनप्रतिनिधिले नेकपा एस छनोट गरेका छन् । निर्वाचन कार्यालय तनहुँले दिएको जानकारी अनुसार एकिकृत समाजवादी रोज्ने ५ जना वडाध्यक्ष र ८ जना वडा सदस्य हुन् ।

नेकपा एसमा सनाखत गर्नेमा शुक्लागण्डकी नगरपालिकाका मात्रै ४ जना वडाध्यक्ष छन् भने व्यास नगरपालिकाका एक जना छन् । समाजवादीमा सनाखत गर्नेमा शुक्लागण्डकी नगरपालिका ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दिर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री, ११ का वडाध्यक्ष दलबहादुर थापा छन् । त्यस्तै, व्यास नगरपालिका ४ का वडाध्यक्ष विश्व न्यौपानेले पनि नेकपा एसमा सनाखत गरेका छन् ।
नेकपा एकीकृत समाजवादी रोज्ने वडासदस्यहरुमा शुक्लागण्डकी ५ का वडा सदस्य थमबहादुर थापा, वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, वडा नम्बर ११ वडा सदस्य डोलमाया विक, रिताकुमारी भुजेल थापा, सानुमाया महत र थमन आले छन् । त्यस्तै, व्यास ४ का वडा सदस्य मनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका ६ का वडा सदस्य सञ्जय गुरुङ पनि समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
गिलास लिएर चुनाव जितेका थापा नेकपा (एस)मा
स्थानीय तहको निर्वाचनमा गिलास चिन्हबाट चुनाव जितेका एमाले नेता चक्रबहादुर थापाले आफु नेकपा (एस)मा सामेल हुने बताएका छन् । राष्ट्रिय जनमोर्चाको चुनाव चिन्हबाट चुनाव जितेकाले सनाखत गर्न नपाएपछि थापाले विज्ञपीतमार्फत आफू नवगठिन नेकपा (एस)मा सहभागि हुने जानकारी गराएका हुन् ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ का वडा अध्यक्ष थापा नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत भइसकेका नेता हुन् । नेकपा विभाजनको समयमा माधव–प्रचण्ड समूहको वकालत गरेका थापा एमालेमा फुट आएपछि माधव समूहमा लागेका हुन् ।
म्याग्दीमा ३ जना
म्याग्दी जिल्लामा ३ जना स्थानीय तहका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालय ग्याग्दीले जनाएको छ । बेनी नगरपालिका कार्यपालिकाका सदस्य कुष्ण कुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र धौलागिरी गाउँ कार्यपालिकाका सदस्य देउप्रसाद छन्त्यालले एकिकृत समाजवादीमा सनाखत गरेका छन् ।