सोमबार मात्रै पशुपति मन्दिर परिसरमा सामान्य विषयमै एक ‘बाबा’माथि दिनदहाडै खुकुरी प्रहार भयो। गाँजा माग्दा नदिएको भन्दै युवाहरुको एक समूहले पशुपति मन्दिर परिसरमा ‘बाबा’ सन्तोषमाथि खुकुरी प्रहार गरे। खुकुरी प्रहारबाट घाइते भएका ‘बाबा’लाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।
महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईका अनुसार खुकुरी प्रहारमा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिइएको छ। डीएसपी भट्टराई भन्छन्, ‘अहिलेसम्म १२ जना पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान हुँदैछ।’