तपाईं हामी सबैले मेवा देखेकै छौं । यो फल गाउँघर तथा बजारमा सजिलै फेलापार्न सक्छौं । मेवा मध्यअमेरिकाको रैथाने फल हो । यो पछि भारतलगायत एसियाली मुलुक र अफ्रिकामा उत्पादन गर्न थालियो ज्यादै स्वादिस्ट र सुन्दर फल भएर पनि होला, क्रिस्टोफर कोलम्बसले मेवालाई ‘द फ्रुट अफ एन्जेल (देवदूतको फल) भनेका थिए संयुक्त राज्य अमेरिका, मेक्सिको, पोर्टरिको मेवा उत्पादन गर्ने प्रमुख मुलुक हुन् ।
पाकेको मेवामा लाइकोपिन, केरोटिन, भिटामिन सी, ई, ए का साथै पोलिफेनोल प्रशस्त्र पाइन्छन् । यो फोलेट र पोटासियमको स्रोत पनि हो ती तत्त्वहरूले हाम्रो शरीरको इम्यून सिस्टम बलियो बनाउने तथा इन्फ्लामेसन घटाउने गर्छन् । हामीले फाल्ने मेवाको बियामा पेटका कीरा मार्ने (एन्टहेल्मिन्थिक, एन्टिएमोएबिक) गुण हुन्छ ।
अफ्रिकी मुलुक जमैकामा नर्सहरू छालाको क्रोनिक अल्सर उपचारमा ड्रेसिङका रूपमा मेवा प्रयोग गर्छन् । २२७ गाम्बियामा केटाकेटीको पोलेको अङ्गमा मेवाको पल्प (लेदो) लगाइन्छ यसबाट इन्फेक्सन नहुने विश्वास गरिन्छ । २८ मेवाको रुखबाट आउने दुधिलो चोप (लेटेक्स) इन्जाइमको धनी स्रोत हो । यसले मेवालाई बाहिरी कीरा वा अन्य जीवाणुको आश्रमणबाट बचाउन सक्छ । मेवा घरआँगनमा सजिलै फलाउन सकिन्छ मेवाको सेवन बढाऔं र स्वस्थ बनौं ।