२४ जेठ २०८०, बुधवार

तीन वर्षिय वालकले बिरुवा रोपेर आफ्नो जन्मदिन मनाए !


आफ्नो जन्मदिन मनाउने फरकफरक शैली हुन्छ ! कसैले होटेल रेष्टुरामा भोजभतेर गर्छन् त कसैले दीनदुखीहरुलाई खाना ख्वाएर, लगाउने कपडा वा अन्नपात सहयोग गरेर आफ्नो जन्मदिन मनाउछन् । तर हालसालै एक बालकले स्कुलमा बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् ।

दुई पूरा पुगेर तीन वर्ष लागेको आफ्नो जन्मदिनको अवसरमा बरुण अधिकारीले कावासोती-११ अवस्थित श्री नारायणी आधारभूत विद्यालयको प्राङ्गणमा बृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा तेजपत्ता, सल्लो, धूपी, निम, फूलहरु लगायतका बिरुवा सारिएको उनका बाबू विष्णु अधिकारीले जानकारी दिए ।
 भनिन्छ, पाँच बर्षसम्म बच्चालाई प्रेम दिएर हुर्काउनुहोस्, बाँकी पाँच बर्ष आफ्नो नियन्त्रणमा राख्नुहोस् । जब सोह्र बर्षको हुन्छ, उनीसँग एक मित्रवत् व्यवहार गर्नुहोस् । आफ्नो वयस्क बच्चा नै आफ्नो सबैभन्दा विश्वसासिलो र नजिकको मित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *