१५ चैत २०७९, बुधवार

नगरको नेतृत्वको लागि विक्रम बोगटीको प्यानल घोषणा !


नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटीसहित उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन ।?

विद्यार्थी राजनीतिबाट आएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीलाई अघि सारिएको छ । बोगटी नेतृत्वको प्यानललाई आगामी सातौँ जिल्ला अधिवेशनमा पार्टी सभापतिको लागि उम्मेदवार बन्न लाग्नुभएका संविधान सभा सदस्य रेशमबहादुर बानियाँको समूहले समर्थन जनाएका छन् । वर्तमान नगरसभापति अनोद श्रेष्ठले समेत बोगटी नेतृत्वको टिमलाई समर्थन जनाएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नगरसभापतिका प्रत्यासी बन्नुभएका युवा नेता बोगटीले म्याग्दी काँग्रेसका अग्रज नेताहरुको साथ, सहयोग र समर्थनमा युवाहरुको नेतृत्व स्थापित गर्ने गरि सबै क्षेत्रलाई समेटेर उम्मेदवारहरु तय गरिएको बताए । उनले कांग्रेसको मुल्य, मान्यता, इमान र निष्ठाको राजनीतिलाई स्थापित गराउन आफ्नो समूहले उम्मेदवार तय गरेको बताए । कार्यक्रममा बेनी नगरपालिकाभित्र रहेका १० वटा वडा मध्ये ९ वटा वडाका वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

काँग्रेस नगरसभापतिमा यस अघि बेनी नगरपालिका-९ घतान निवासी निर्माण व्यवसायि समेत रहनुभएका रविन्द्र कार्कीले समेत नगरसभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसले असोज ९ गते हुने गाउँ/नगर अधिवेशन पुर्व उम्मेद्वारी घोषण गरेका छन् ।

facebook sharing button
twitter sharing button


बेनी, ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटीसहित उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन ।

विद्यार्थी राजनीतिबाट आएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीलाई अघि सारिएको छ । बोगटी नेतृत्वको प्यानललाई आगामी सातौँ जिल्ला अधिवेशनमा पार्टी सभापतिको लागि उम्मेदवार बन्न लाग्नुभएका संविधान सभा सदस्य रेशमबहादुर बानियाँको समूहले समर्थन जनाएका छन् । वर्तमान नगरसभापति अनोद श्रेष्ठले समेत बोगटी नेतृत्वको टिमलाई समर्थन जनाएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नगरसभापतिका प्रत्यासी बन्नुभएका युवा नेता बोगटीले म्याग्दी काँग्रेसका अग्रज नेताहरुको साथ, सहयोग र समर्थनमा युवाहरुको नेतृत्व स्थापित गर्ने गरि सबै क्षेत्रलाई समेटेर उम्मेदवारहरु तय गरिएको बताए । उनले कांग्रेसको मुल्य, मान्यता, इमान र निष्ठाको राजनीतिलाई स्थापित गराउन आफ्नो समूहले उम्मेदवार तय गरेको बताए । कार्यक्रममा बेनी नगरपालिकाभित्र रहेका १० वटा वडा मध्ये ९ वटा वडाका वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।

काँग्रेस नगरसभापतिमा यस अघि बेनी नगरपालिका-९ घतान निवासी निर्माण व्यवसायि समेत रहनुभएका रविन्द्र कार्कीले समेत नगरसभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसले असोज ९ गते हुने गाउँ/नगर अधिवेशन पुर्व उम्मेद्वारी घोषण गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *