म्याग्दीको मंगला गाउँपालिका–२ मा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
नेवारेखोलामा डुबेर मंगला–२ मिठौलाका ४९ वर्षीय भिमबहादुर खत्रीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले नेवारेखोलाको झरना हेर्न गएका खत्री पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिनुभयो । शनिबार ज्यानगुमाएका खत्रीको शव आइतबार बेनी अस्पतालमा परिक्षण गरी आफन्तको जिम्मा लगाएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।