नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा समाजवादीमा पर्वत जिल्लाबाट २ जना जनप्रतिनिधि सहभागी भएका छन् जसमध्ये एकजना प्रदेशसभा सदस्यका दाजु रहेका छन् । आज सनाखत गर्ने अन्तिम दिन एमालेबाट निर्वाचित स्थानीय तहका २ जना जनप्रतिनिधि मात्र माधव नेपालको समाजवादी पाटीमा आवद्ध भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माका अनुसार स्थानीय तहका २ जना मात्र समाजवादी पाटीमा आवद्धको भएका हुन् । कार्यालयमा नै उपस्थित भएर कुश्मा नगरपालिका वडा न १४ का वडाअध्यक्ष भिम गुरुङ र फलेवास नगरपालिका ४ मुडिकुवाका वडा सदस्य बालचन्द्र नेपालीले समाजवादी पाटी रोजेका हुन् । नेपाली गण्डकी प्रदेश सभा सदस्य जुना नेपालीका दाजु हुन् ।
तत्कालीन अवस्थामा एमालेले जिल्लाका ६१ वटा मध्ये ३७ वटा वडामा वडाअध्यक्ष जितेको थियो । ३७ मध्ये केहि वडामा सदस्यहरु हारे पनि एमालेले वडाअध्यक्ष हारेको २ वटा वडाहरुमा वडा सदस्य जितेको थियो । यसैगरी पालिका प्रमुख तथा उपप्रमुख तर्फ ४ स्थानीय तहमा ८ जनाले विजयी हासिल गरेका थिए ।
यसैगरी संघ प्रदेश निर्वाचन तर्फ प्रदेशमा १ सिट प्रत्यक्ष र १ सिट संघको निर्वाचनमा विजय हासिल गरेको थियो । एमालेले प्रदेश तर्फ समानुपातिक सदस्य पनि पर्वत जिल्लाबाट पाएको थियो । यी सवै सदस्यहरुको कुल संख्या १ सय ९६ हुन आउँछ । जिल्ला समन्वय समिति समेत एमालेकै नेतृत्वमा गठन भएको छ । कुल १ सय ९६ जना सदस्य मध्ये २ जनाले मात्र माधव नेपालले गठन गरेको नेकपा समाजवादी पाटी रोजेका छन् ।