२१ जेठ २०८०, आइतवार

पर्वतमा २४ जनाले गरे सभापतिमा उम्मेदवारी घोषणा !

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतमा भोली (शनिवार) नगर तथा गाउँ अधिवेशन हुने भएको छ । ६१ वडा रहेको पर्वतमा दुई नगरपालिका सहित पाँच गाउँपालिका छन् । पालिकाको अधिवेशन हुने निश्चित भएसँगै काँग्रेसभित्र राजनीति महोल तान्न थालेको छ । यतिबेला जिललाका चिया पसल र चोकचोकमा पालिका सभापतिको उम्मेदवारीलाई लिएर चर्चा चल्न थालेको छ । पर्वतका सात पालिका सभापतिमा २४ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्लाको जलजला गाउँपालिकामा ४ जनाले सर्वाजानिक रुपमा पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्नेमा नेपाली काँग्रेस जलजला गाउँपालिका २ माझफाँटका पूर्व पार्टी सभापति इन्द्रप्रकाश पौडेल रहेका छन् । त्यस्तै वडा नम्वर ४ वाट भिष्म मल्लले उम्मेदवारी घोषण गरेका छन् मल्ल सोही वडाका वडा अध्यक्ष हुन् । नेपाली काँग्रेस लेखफाँटका पूर्व पार्टी बल बहादर पनले पनि पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । जलजला वडा नम्वर ८ नाग्लिवाङवाट वडा अध्यक्ष हरिविकास जिसीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
कुश्मा नगरपालिकामा सार्वजानिक रुपमा ५ जनाले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कुश्मा नगरपालिका-२ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोलाले सबैभन्दा पहिला उम्मेदवारी घोषणा गरेका हुन । त्यस्तै कुनपा-३ दुर्लुङवाट दुई जनाले उम्मेदवारी घोषण गरेका हुन् । सार्वजानिक रुपमा उम्मेदवारी घोषणा गर्नेहरुमा कुलराज पोखरेल र कृष्णराज उपाध्याय रहेका छन् । नगर सभापतिमा नेपाली काँग्रेस टे«ड युनियन काँग्रेस पर्वतका सभापति एव्म नेपाली काँग्रेसका युवा नेता सुरेन्द्र केसीले आफ्नो उम्मेदवारी घोषण गरेका छन्, भने अर्का काँग्रेस नेता किशोर भण्डारीले पनि उम्मेदवारी घोषणा गरेका छन्
मोदी गाउँपालिकामा हालसम्म ३ जनाले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छन ।
नेपाली काँग्रेस मोदी गाउँपालिका सभापति जिवनाथ शर्माले पुन सभापतिमा दोहोरिन खोजेका छन् । त्यस्तै नेपाल तरुण दल मोदी गाउँपालिका अध्यक्ष निर्दोस लामिछानेले सभापतिमा उम्मेदवारी दिने पक्कापक्की भएको छ भने निर्माण व्यवसायी पदमपाणि शर्माले मोदी गाउँपालिकाको सभापति आफ्नो शसक्त दावी रहेको बताएका छन्
फलेवास नगरपालिकामा हालसम्म ४ जनाले उम्मेदवारी सार्वजानिक रुपमा घोषणा गरेपनि आकाँक्षीको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । नगर सभापति हिरामणि सापकोटा पुन सभापतिमा दोहोरिन खोजेका छन् । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सदस्य नेता थमनसिंह थापाले पनि सभापतिमा उम्मेदवारी घोषण गरेका छन् नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष देविस्थान निवासी बसन्त श्रेष्ठले नगर सभापतिमा दावा गदै आएका छन्, भने नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सदस्य देविस्थान निवासी ख्याम भुषाल क्षेत्रीले पनि नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै खानीगाउँवाट क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी र कुर्घाका निवर्तमान वडा सभापति अमरवहादुर क्षेत्रीले पनि नगर सभापतिमा उम्मेदवारी दिनेकुरा बाहिर आएको छ ।
महाशिला गाउँपालिवाट दुई जनाले पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट अध्यक्ष पदका प्रत्यासी बनेका उज्वल गुरुङ र महाशिला गाउँपालिका-५ लुंखुका वडा सभापति डिल्लीराम उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।
विहादी गाउँपालिकामा पनि दुर्य जनाले सार्वजानिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् उम्मेदवारी घोषणा गर्नेहरुमा बिष्णुप्रसाद भुषाल र रामप्रसाद पराजुली रहेका छन् । भुषाल बिहादी गाउँगाउँपालिका सभापति हुन् ।
जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयुँ गाउँपालिका दुई जनाले सार्वजानिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । पालिका सभापतिमा पुन डम्मर प्रधान रहेका छन् भने पुर्व क्षेत्रिय सभापति तोयनाथ ‘भुषालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *